भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

लगातारको छलफलपछि प्रतिनिधिसभाबाट बहुमतले बजेट पारित

लगातारको छलफलपछि प्रतिनिधिसभाबाट बहुमतले बजेट पारित

काठमाडौं । प्रतिनिधिसभाबाट बहुमतले बजेट पारित भएको छ। सरकारले आगामी आर्थिक वर्ष २०८१ र ०८२ का लागि ल्याएको बजेट
मंगलबार बहुमतले पारित भएको हो । अर्थमन्त्री वर्षमान पुनले संसदका दुबै सदनको संयुक्त बैठकमा जेठ १५ गते पेश गरेको बजेट लगातारको छलफलपछि बजेट पारित भएको हो ।

सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको छ। छलफलका क्रममा बजेट सन्तुलित नभएको भन्दै सत्तापक्षकै सांसदले समेत असन्तुष्टि व्यक्त गरेका थिए। गलबार परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति र उपराष्ट्रपति कार्यालयका बजेट शीर्षकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएका थिए।

त्यसपछि प्रतिपक्षी दलका ३१ सांसदले राखेको खर्च कटौतीको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिएको थियो। यसरी प्रस्तुत गरिएका सबै प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गरिएको थियो।

त्यसलगत्तै विनियोजन विधेयकका दफालाई निर्णयार्थ प्रस्तुत गरी बहुमतले पारित भएको घोषणा गरियो। त्यसपछि अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए।

त्यसपछि सभा संचालन गरिरहेकी उपसभामुख इन्दिरा रानाले विनियोजन विधेयक २०८१ बहुमतले पारित भएको घोषणा गरिन्। अहिले प्रतिनिधिसभा बैठकमा अर्थ विधेयकमाथि सैद्धान्तिक छलफल भइरहेको छ।

 


Thali Mobile Pvt.Ltd.