भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

काठमाडौं । नवलपरासीमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ। आइतबार बिहान अन्दाजी चार बजेतिर प्रतापपुर गापा ८ गंगापुर बस्ने ३२ वर्षीया रुना पाललाई आफ्नै घरमा सुतिरहेको अवस्थामा अचानक सर्पले टोकेको थियो।

सर्पको टोकाइपछि बेहोस बनेकी पाललाई उपचारको लागि सर्पदंश त्रिबेणी क्याम्प लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि जिल्ला अस्पताल परासीमा थप उपचार हुँदै गर्दा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी रेशम बोहराले जानकारी दिए।

 


Thali Mobile Pvt.Ltd.