भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गृह मन्त्रालयमा मेरो नजर रहिरहन्छः लामिछाने

गृह मन्त्रालयमा मेरो नजर रहिरहन्छः लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालयको काम कारबाहीलाई नजिकबाट हेरिरहने बताएका छन् । प्रचण्ड सरकार ढलेपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आइतबार विदाइ कार्यक्रम राखेका थिए । गृह सचिव, सुरक्षा निकायका प्रमुखहरु समेत उपस्थित कार्यक्रममा लामिछानेले ठूला दलहरु मिल्दा अपराध अनुसन्धानमा कुनै प्रभाव नपरोस् भनेर खबरदारी गरेका छन् ।

भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेसँगै उनले मन्त्रिपरिषद्बाट निर्णय गराउँछु भनेको अडियो बाहिर आएको लामिछानेले उल्लेख गरे । अब आफू प्रतिपक्षमा रहने भन्दै उनले राजनीतिमा नयाँ पुस्ता आइसकेको छ र जसरी चलेको छ, त्यसरी चल्दैन भन्ने महसुस गर्न सुरक्षा निकायलाई आग्रह गरे ।

 

 


Thali Mobile Pvt.Ltd.