भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

आफ्नै निवासमा बेलौरी नगरपालिकाका ३ का वडाध्यक्ष रिजालको निधन

आफ्नै निवासमा बेलौरी नगरपालिकाका ३ का वडाध्यक्ष रिजालको निधन

कञ्चनपुर । फोक्सोसम्बन्धी समस्याबाट पीडित बेलौरी नगरपालिका–३ का वडाध्यक्ष सीताराम रिजालको निधन भएको छ। ७२ वर्षीय रिजालको आफ्नै निवासमा गएराति १२ बजेर ३० मिनेटमा निधन भएको हो।

२०७९ को स्थानीय तहको निर्वाचनमा रिजाल वडाध्यक्ष पदमा निर्वाचित भएका थिए। उनकी श्रीमती डिलकुमारी रिजालको २०७९ मा निधन भएको थियो।

उनको पार्थिव शरीर १० बजेदेखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि वडा कार्यालयमा राखिने भएको छ। दिउँसो बेलौरीको भकुण्डास्थित आर्यघाटमा दाहसंस्कार गरिने परिवारजनले जानकारी दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.