भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

मुगुबाट गृहमन्त्री लेखकको राजीनामा माग

मुगुबाट गृहमन्त्री लेखकको राजीनामा माग

काठमाडौं । मुगुका दलित अधिकारकर्मीहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् । अन्तरजातीय विवाहलाई दबाउन तथा जातीय विभेद संरक्षण गर्न खोजेको भन्दै उनीहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका हुन ।

जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डे मार्फत प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाउदै ’गृहमन्त्री लेखकको राजीनामा माग गरेका हुन ।

मुगुका दलित अगुवा युवाहरूले जिल्ला प्रशासन कार्यालय मुुगुमा प्लेकार्ड सहित बोकेर गृहमन्त्री लेखक विरुद्ध नाराबाजी गर्दे राजीनामा माग गरेका हुन् ।

आन्दोलित युवाहरूले न्याय नदिएसम्म आन्दोलन निरन्तर हुने बताएका हुन । आईतवार यहाँका युवाहरुले विरोध जनाउदै जातिय विभेद अन्त्य गर , गृहमन्त्री राजिनामा दे दलित आन्दोलन जिन्दावाद जस्ता नारा गर्दे विरोध जनाएको उनको भनाई छ । कार्यक्रममा यहाँका दलित अधिकारकर्मीहरुको सहभागिता जनाएका थिए ।

 


Thali Mobile Pvt.Ltd.