भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

काठमाडाैंलगायत ७२ जिल्लामा फैलियाे डेंगु

काठमाडाैंलगायत ७२ जिल्लामा फैलियाे डेंगु

असार ५, काठमाडौं । पछिल्लो समय देशको राजधानी काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै गइरहेको छ । विभिन्न जिल्लालगायत हालसम्म १ हजार १७५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

मुगु, डोल्पा, हुम्ला, जुम्ला, मुस्ताङ जिल्ला बाहेक हालसम्म ७२ जिल्लामा डेंगु संक्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)ले जनाएको छ । इडीसीडीका अधिकारीहरुका अनुसार अघिल्लो वर्षमा भन्दा अहिले तीब्र रुपमा डेंगु फैलिरहेको छ ।
इडीसीडीका अनुसार बागमती प्रदेशमा ४०३, कोशीमा २७७, गण्डकीमा १८७, लुम्बिनीमा १३९, सुदूरपश्चिममा ११८, मधेशमा ३४ र कणालीमा १७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी जिल्लागत रूपमा काठमाडौं उपत्यकामा सबैभन्दा धेरै १२२, झापामा १११, चितवनमा ७४, मकवानपुरमा ५८, तनहुँमा ४६ जनामा डेंगु संक्रमित भेटिएका छन् भने अन्य जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ । अगस्ट, सेष्टेम्बर, अक्टोबर महिनामा डेंगुको संक्रमण बढी फैलिने गरेता पनि यस वर्ष डेंगु फैलिने समय आउन बाँकी छदैं विभिन्न जिल्लाहरुमा डेंगु फैलिएको छ ।

 


Thali Mobile Pvt.Ltd.