भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपाल–भारत सीमामा पासपोर्ट लागू गर्न माग

नेपाल–भारत सीमामा पासपोर्ट लागू गर्न माग

काठमाडौं । स्वतन्त्र मुलुकले खुला सीमा नियमित र नियन्त्रित गर्नै पर्ने एमाले सांसद रघुजी पन्तले बताएका छन् । पन्तले बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाल–भारत सीमामा पासपोर्ट लागू गर्ने प्रस्ताव गरेका हुन ।

एकैचोटी नेपाल–भारत सीमामा पासपोर्ट लागू गर्न नसकेता पनि यसतर्फ उन्मुख हुने गरी सरकारले नीति लिनुपर्ने उनले प्रस्ताव गरेका छन् । ‘केही दिन देखि लगातार तराईमा मानिस मारिएका, दिउँसै गोली हानिएका समाचारहरू आइरहेका छन् । यसको मूल कारण खुला सीमाना हो,’ उनले भने, ‘तयसैले खुला सिमानालाई एउटा स्वतन्त्र देशले नियमित गर्नैपर्छ, नियन्त्रित गर्नैपर्छ ।’ उनले भने

‘हामी एकैचोटी पासपोर्ट सिस्टम लागू गर्ने चरणमा नजाउँला । तर, राष्ट्रिय परिचय पत्र दिन थालिएको छ । नागरिकता पनि दिइरहेको छ । उताबाट आउँदा पनि आधार कार्ड हेर्न सकिन्छ । यताबाट जाँदा पनि नागरिकताको प्रतिलिपी हेर्न सकिन्छ,’ उनी भन्छन्, ‘विस्तारै यसबाट सुरु गरेर काँडे तार लाउँदै सीमालाई व्यवस्थत गर्दै पासपोर्ट सिस्टममा हामी जानैपर्छ ।’

पासपोर्टमा जानुभन्दा अगाडि दुवै देशका नागरिकको आवतजावतमा सम्बन्धित देशको कुनै राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न सकिने उनको सुझाव छ ।

 

 


Thali Mobile Pvt.Ltd.