भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

जमिन खन्दा सावधानी अपनाउन खानी तथा भूगर्भ विभागको आग्रह

जमिन खन्दा सावधानी अपनाउन खानी तथा भूगर्भ विभागको आग्रह

काठमाण्डौ । जमिन खन्दा सावधानी अपनाउन खानी तथा भूगर्भ विभागले आग्रह गरेको छ । काठमाण्डौ उपत्यकाभित्र मिथेन ग्यास भएका ठाउँहरुमा दुई सय मिटरभन्दा धेरै खन्नुपरेमा सावधानी अपनाउन विभागले सझाएको छ ।

ग्यास बाहिर निस्कँदा आगोले भेटेमा मात्रै त्यो जोखिमपूर्ण हुने अन्यथा त्यसबाट कुनै असर नपर्ने जनाएको छ । यसअघि भएको अध्ययनबाट त्रिपुरेश्वर, टेकु, कुलेश्वर, कालिमाटी, भृकुटीमण्डप,कोटेश्वर, टिकाथली, बालकुमारी, ईमाडोलमा मिथेन ग्यास रहेको पुष्टी भइसकेको छ ।

डिपबोरिङ, कुवा वा अरु कामका लागि जमिन खन्नुपरेमा सलाई, लाइटरजस्ता आगो लाग्ने उपकरण प्रयोग नगर्न सुझाव छ । काठमाण्डौ उपत्यकाका विभिन्न १४ ठाउँमा मिथेन ग्यास रहेको विभागले जनाएको छ । आठ वर्षअघि भक्तपुर पिलागाउँमा पनि डिप बोरिङ गर्ने क्रममा ग्यास निस्किएर आगलागी भएको थियो ।

मिथेन ग्यास वातावरणमैत्री ईन्धन रहेको र यसलाई पेट्रोल र डिजेलको विकल्पको रुपमा प्रयोग गर्न विभागले जनाएको छ । अघिल्लो हप्ता ललितपुरको टीकाथलीमा खानेपानीका लागि बोरिङ खन्ने क्रममा ग्यास निस्किएको थियो ।

 


Thali Mobile Pvt.Ltd.