भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

जाजरकोटको आगलागीमा परेर एक बालकको ज्यान गयो

जाजरकोटको आगलागीमा परेर एक बालकको ज्यान गयो

जाजरकोट । जाजरकोटको आगलागीमा परेर एक बालकको ज्यान गएको छ । जाजरकोटको कुशे गाउँपालिकामा भएको आगलागीमा परेर बालकको ज्यान गएको हो । जनक बहादुर रोकायको घरमा खाना पकाउने चुलोबाट छानामा आगो सल्किएर आगलागी हुँदा उनका १२ वर्षका छोरा अमरको ज्यान गएको हो ।

कुशे गाउँपालिका वडा नम्बर ८ ग्राक्ली साँक्टका जनक र आमा बिजुली रोकाय घाइते हुनुभएको जाजरकोट प्रहरीले जनाएको छ । पशु चौपायालाई पनि स्थानीयबासिन्दाले बाहिर निकाल्न भ्याएका छन् ।

धन, पैसा र लत्ताकपडा भने सबै जलेर नष्ट भएका छन् । प्रहरीका अनुसार ७ जनाको परिवार रहेको घरमा अरूको सकुशल उद्धार भएको छ ।

 


Thali Mobile Pvt.Ltd.