धनगढी, ११ असोज । धनगढी उपमहानगरपालिका-३, चटकपुरबाट बिहीबार साँझदेखि बेपत्ता भएकी ११ वर्षीया बालिका सुमित्रा राना मृत फेला परेकी छन् ।
शुक्रबार साँझ मोहना नदीमा उनको शव डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । घटनाबारे जानकारी दिँदै प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बालिकाको शव निर्वस्त्र अवस्थामा भेटिएको र करिब दुई सय मिटर टाढा उनका कपडा फेला परेको बताए ।
शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । यता, पीडित परिवारले घटनाको कारण पत्ता लगाउन माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।