भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भने-ट्रम्पले भारतसँग विनाशकारी युद्ध रोक्न महत्वपूर्ण भूमिका खेले

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भने-ट्रम्पले भारतसँग विनाशकारी युद्ध रोक्न महत्वपूर्ण भूमिका खेले

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले संयुक्त राष्ट्र महासभामा सम्बोधन गर्दै अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँगको सम्भावित युद्ध रोक्न निर्णायक भूमिका खेलेको बताएका छन् । उनले भनेका छन्, “ट्रम्पले भूमिका नखेलेकाे भए भारत-पाकिस्तानबीच विनाशकारी युद्ध भड्किन सक्थ्यो ।”

शहबाज शरीफले ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने सुझाएका छन् किनभने उनले तनाव शान्त बनाउन महत्वपूर्ण पहल गरेको बताए । उनले थपे, “भारतले ट्रम्पको भूमिका अस्वीकार गरिरहेको बेला मैले राष्ट्रसंघमा यो कुरा उठाएँ ।” प्रधानमन्त्री शरीफले भारतले पहलगाम घटनालाई राजनीतिकरण गरेको आरोप लगाउँदै, पाकिस्तान वार्ता र संवादबाट समस्या समाधान गर्न इच्छुक रहेको बताए । उनले भने, “पाकिस्तानले आफ्नो सुरक्षा सुनिश्चित गर्नेछ र युद्धमा जित हासिल गरिसकेको छ । अब शान्ति चाहन्छौं र बाँकी सबै विषयमा भारतसँग प्रभावकारी वार्ता गर्न तयार छौं ।”

भारतले भने कुनै तेस्रो पक्षले संघर्ष रोक्न भूमिका खेलेको स्वीकार गरेको छैन । भारतीय विदेशमन्त्री एस जयशंकरले पनि द्विपक्षीय वार्तालै समाधानको बाटो रहेको बताइसकेका छन् । यसैबीच, भारतले पहलगाम घटनापछि ‘अपरेशन सिंदूर’ अन्तर्गत पाकिस्तानमा आतंकवादी शिविरहरू नष्ट गरेको दाबी गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.