भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कारागारबाट भागेका कैदीलाई फर्कन आग्रह, फरार बन्दी खोजी कार्यदल गठन

कारागारबाट भागेका कैदीलाई फर्कन आग्रह, फरार बन्दी खोजी कार्यदल गठन

काठमाडाैं, ११ असाेज । कारागार व्यवस्थापन विभागले भदौ २३–२४ मा  ‘जेनजी’  आन्दोलनका क्रममा विभिन्न जेलबाट भागेका कैदीहरूलाई असोज २० गतेभित्र फर्कन आग्रह गरेको छ ।

विभागले गृह मन्त्रालय र सुरक्षा निकायको समन्वयमा ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’  गठन गरिएको जानकारी दिएको छ । भागेका कैदीलाई लुकाउने वा आश्रय दिने व्यक्तिलाई प्रचलित कानुनअनुसार कारवाही गरिने भन्दै सबैलाई सूचना दिन आग्रह गरिएको छ । कैदीसम्बन्धी अद्यावधिक विवरण जिल्ला कार्यालयमार्फत नियमित पठाउनुपर्ने व्यवस्था समेत गरिएको छ ।

सूचना संकलनको लागि सञ्चार माध्यम, सामाजिक सञ्जाल र अन्य माध्यम प्रयोग गरी कार्यदल वा सुरक्षा निकायको सम्पर्क विवरण सार्वजनिक गर्ने तयारी गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.