भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

भारतीय पर्यटकहरुलाई नेपालमा डाकालाई जस्तो व्यवहार गरियोः धवलसमशेर जबरा

भारतीय पर्यटकहरुलाई नेपालमा डाकालाई जस्तो व्यवहार गरियोः धवलसमशेर जबरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद डा. धवलसमशेर जबराले भारतीय पर्यटकहरुलाई नेपालमा डाकालाई गरेजस्तो व्यवहार गरिएको आरोप लगाएका छन्। शुक्रवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भारतीय पर्यटक स्थलमार्ग हुँदै नेपालमा आउँदा डाकालाई गरेजस्तो दुर्व्यवहार गरिएको आरोप लगाएका हुन्।

उनले भारतीय पर्यटकलाई कडाइपूर्वक चेकिङ गरिने गरेको बताए। उनले पर्यटकहरुलाई इज्जतका साथ स्वागत गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए।

सांसद जबराले भारतीय हजार र पाँच सय रुपैयाँको नोट ल्याएमा सशस्त्र प्रहरीले बोर्डरमै दुर्व्यवहार गर्ने गरेको भन्दै त्यस्तो नहुने व्यवस्था मिलाउन प्रधानमन्त्री र पर्यटनमन्त्रीलाई आग्रह गरे।

 


Thali Mobile Pvt.Ltd.