भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

कुशादेवीस्थित डाइमण्ड हिल रिसोर्ट पर्यटकको प्रमुख रोजाइ, जंगली जनावर आँगनमै देखिने

कुशादेवीस्थित डाइमण्ड हिल रिसोर्ट पर्यटकको प्रमुख रोजाइ, जंगली जनावर आँगनमै देखिने

काठमाडौँ । हिँउद याम त्यसमापनिप्राकृतिक रूपमा सुन्दर र पर्यटकीय गन्तव्यमध्ये एक काभ्रेपलाञ्चोकको पनौती कुशादेवी । पर्यटकहरूका लागि पहिलो रोजाई बन्ने गरेको छ डाइमण्ड हिल रिसोर्ट । गुणस्तरमा नो कम्परमाइज भन्ने अभिप्राय बोकेको यो रिर्सोटको आकर्षकीय र लोकप्रिय सेवाले अन्तर्राष्ट्रियस्तरमा नाम चलेको छ ।

विदेशी पर्यटकको मुख्य रोजाइमा रहेको डाइमण्ड हिल रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटकहरूको मन जित्न थप सेवा ल्याएको छ । प्राकृतिक सौन्दर्यमा रमाउँन पाउँने भएको हुनाले उनीहरुको रोजाईमा परेको हो यो रिसोर्ट । प्रकृति प्रेमीहरुका आकषणको केन्द्र नै हो । आठ वटा सुन्दर हिमशृङ्खलाहरु त यही रिर्सोटबाट अवलोकन गर्न पाइन्छ ।

त्यही भएर पनि आजभोली स्वदेशी तथा विदेशी पाहुनाहरूले रिसोर्ट भरिभराउ हुने गरेको छ । रात बिताएर विहानको सूर्योदय हेर्न निक्कै रमाउने गर्दछन् पर्यटकहरु । हरियालीकाबीच आफ्नो स्टयान जमाएको रिसोर्टले विहानीपख जङ्गली जनावरजरायो, बँदेल, खरायो, मृग, कालिजलगायत सयौं प्रजातिका चराचुरुङ्गीहरूको प्रत्यक्ष अवलोकन गराँउद छ ।

जंगली जनावर आँगनमै देखिने भएकाले पनि विदेशी पर्यटक यहाँ आउँने गरेको रिसोर्टका सीइओ राजन थापाले बताए । क्याम्प फायर, डिजे, पिकनिक स्पट, पौडी जस्ता सेवा सुविधाको भरपुर उपयोग गर्न पाइने भएकाले मात्रै होइन, सभा, सम्मेलन, गोष्ठी, अन्तरक्रियागायतका सुविधासहित हलहरू व्यवस्थि भएकोले यहाँ कार्यक्रमहरु गर्न सरकारी तथा प्राइभेट अफिसहरुकोसमेत रोजाइमा पर्ने गरेको छ ।

सुविधा सम्पन्न स्वीट, डिलक्स, स्टयाडर्र्ड कोठाको त कुरा गरेर साध्यनै छैन, आरामदायी व्यवस्थाले जो कोही पुग्ने गरेका छन् । रिसोर्टभित्रै रेष्टुरेन्ट, बार, भान्सा घर तथा हाइकिङका लागि साँगा, लाकुरीभंज्याग, नमोवुध्द, वल्थली, धुलिखेल, आशापुरी, भालेश्वर, नागी डाँडा, गुर्दुम डाँडा, ठूलीपोखरी र रानीकोट नजिकका गन्तव्य हुन । विषाधीरहित अर्ग्यानिक खानेकुरा रिसोर्टको मुख्य विशेषता हो । पनौती क्षेत्रकै नमुना रिसोर्टका रूपमा स्थापित गरेको डाइमण्ड हिल रिर्सोट पुग्न तपाई छुट्नु भयो कि ?

 


Thali Mobile Pvt.Ltd.