भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

बिजुलीको बक्यौता नतिर्ने उद्योगीको बिजुली काट्नु ठूलो गल्ती हुने उर्जामन्त्री खड्काको भनाइ

बिजुलीको बक्यौता नतिर्ने उद्योगीको बिजुली काट्नु ठूलो गल्ती हुने उर्जामन्त्री खड्काको भनाइ

काठमाडौं । उर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बिजुलीको बक्यौता नतिर्ने उद्योगीको बिजुली काट्नु ठूलो गल्ती हुने बताएका छन् । नेपाल विद्युत् प्राधिकरणको ३९ औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै मन्त्री खड्काले ट्रङ्क र डेडिकेटेड लाइन प्रयोग गरेबापत उद्योगीबाट न्यायसङ्गत तरिकाले बक्यौता असुल गर्नुपर्ने तर लाइन काट्न नहुने बताएका हुन् ।

उनले सरकारले बिजुलीको बक्यौता उठाउनु हुँदैन कहिल्यै नभनेको बरु उद्योगी कतै मारमा परेका छन् कि भनेर पनि हेर्नुपर्ने बताए । सरकारले ट्रङ्क र डेडिकेटेड लाइनवापतको रकम छुट दिन थाल्यो भनेर गलत प्रचार भइरहेको भन्दै गुनासो पनि गरेका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.