भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

एकद्वार प्रणालीबाट राहत वितरण गर्न प्राधिकरणको अनुरोध

एकद्वार प्रणालीबाट राहत वितरण गर्न प्राधिकरणको अनुरोध

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्जन्य घटनाबाट प्रभावित नागरिकका लागि एकद्वार प्रणालीमार्फत राहत वितरण गर्न सबै निकायलाई आग्रह गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको ‘क्लस्टर र को–लिड्स’ निकायहरूसँगको समन्वय बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले राहत कार्य दोहोरो नहोस् भनेर एकद्वार प्रणालीलाई प्रभावकारी बनाउन सुझाव दिएका हुन्।

उनका अनुसार विपद्बाट बढी प्रभावित जिल्लामा अन्तरनिकाय समन्वयमार्फत राहत वितरण केन्द्रित गर्न सबै ‘लिड्स’ र ‘को–लिड्स’ निकायहरूलाई अनुरोध गरिएको हो।

सरकारले विपद् व्यवस्थापनमा सहजीकरणका लागि ११ वटा क्लस्टर गठन गरी तिनका लिड र को–लिड निकाय तोकेर जिम्मेवारी बाँडेको छ। बैठकमा ती क्लस्टरका प्रतिनिधिहरूले राहत व्यवस्थापनका लागि आफ्नो निकायको क्षमता र प्रभावित क्षेत्रमा भइरहेको कामबारे जानकारी गराएका थिए।

क्लस्टरहरूले विपद्को पूर्वतयारीदेखि प्रारम्भिक पुनःलाभसम्मका गतिविधिमा काम गर्नेछन्। यी क्लस्टरमा खाद्य सुरक्षा, स्वास्थ्य, पोषण, खानेपानी तथा सरसफाइ, शिक्षा, सुरक्षा, आवास, ‘क्याम्प’ समन्वय, बन्दोबस्ती, प्रारम्भिक पुनःलाभ र आपतकालीन सञ्चारका क्षेत्र समावेश छन्।

 


Thali Mobile Pvt.Ltd.