भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सर्पले डसेकी महिलाको धामीझाँक्रीकहाँ झारफुक गरिँदा मृत्यु

सर्पले डसेकी महिलाको धामीझाँक्रीकहाँ झारफुक गरिँदा मृत्यु

काठमाडौँ । सर्लाहीको कौडेना गाउँपालिका–२, फूलपरासीमा सर्पले डसेपछि उपचारको सट्टा झारफुकमा लगिएकी एक महिलाको मृत्यु भएको छ।

बुधबार दिउँसो गोमन सर्पले डसेकी ४२ वर्षीया नयनदेवी यादवको उपचार नपाई निधन भएको हो। सर्पले डसेपछि उनका परिवारले उनलाई विषहरा बाबा मन्दिरमा धामीझाँक्रीमार्फत झारफुकका लागि लगेका थिए।

अवस्था गम्भीर भएपछि मात्रै उनलाई प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउँदा चिकित्सकले नयनदेवीको मृत्यु भइसकेको घोषणा गरेका थिए।

नवलपुरस्थित सर्पदंश उपचार केन्द्रका इन्चार्ज तथा स्वास्थ्यकर्मी जगर्नाथ यादवका अनुसार अत्यन्त विषालु गोमन सर्पले डसेपछि तुरुन्त अस्पताल लैजानुपर्नेमा झारफुकमा समय बिताउँदा बिरामीको ज्यान गएको हो।

 


Thali Mobile Pvt.Ltd.