भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

देशभर विपद्को कहर : ४० दिनमा ७० जनाले गुमाए ज्यान

देशभर विपद्को कहर : ४० दिनमा ७० जनाले गुमाए ज्यान

काठमाडौं, १० जेठ । २०८३ सालको वैशाखयता देशभर एक हजार ३४२ वटा विपद्जन्य घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो ४० दिनको अवधिमा भएका ती घटनामा परी ७० जनाले ज्यान गुमाएका छन् भने ३३३ जना घाइते भएका छन्।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सबैभन्दा बढी लेक लागेर १६ जनाको मृत्यु भएको छ। यस्तै चट्याङबाट १४, आगलागीबाट ११, हुरीबाट नौ तथा जनावरको आक्रमणबाट आठ जनाले ज्यान गुमाएका छन्। यसैगरी सर्पदंशबाट पाँच, पहिरोबाट दुई, डुङ्गा पल्टिँदा दुई तथा वन डढेलो, बाढी र हिउँपहिरोमा परेर एक÷एक जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।

विपद्का घटनाबाट देशभर एक हजार ६२१ परिवार प्रभावित भएका छन्। तथ्यांकअनुसार सबैभन्दा बढी आगलागीका ४८८ वटा घटना भएका छन्। यस्तै हुरीका २३०, चट्याङका १३९ तथा सर्पदंशका १०५ वटा घटना दर्ता भएका छन्। प्राधिकरणले मनसुन नजिकिँदै गएकाले सतर्कता अपनाउन तथा स्थानीय तहदेखि नागरिकस्तरसम्म पूर्वतयारीमा जुट्न आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.