भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

इरानसँग सम्झौता नजिक पुगेको ट्रम्पको भनाइ

इरानसँग सम्झौता नजिक पुगेको ट्रम्पको भनाइ

काठमाडौं, १० जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँगको सम्झौता धेरै हदसम्म तय भइसकेको दाबी गरेका छन्। उनका अनुसार उक्त सम्झौतामा होर्मुज स्ट्रेट पुनः सञ्चालन गर्ने विषयसमेत समावेश हुन सक्छ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कतारलगायत देशका नेताहरूसँग शान्ति सम्झौताका विषयमा सकारात्मक छलफल भएको बताएका छन्।

त्यसैगरी उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सँग पनि यस विषयमा छलफल भएको उल्लेख गरेका छन्। यसअघि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाइ ले पछिल्ला केही हप्तामा अमेरिका–इरान सम्बन्धमा केही सुधार आएको बताएका थिए।

तर मुख्य मुद्दामा भने अझै कुनै सहमति नभएको उनको भनाइ छ। उनले अमेरिकाले विरोधाभाषपूर्ण अभिव्यक्ति दिँदै आएको आरोपसमेत लगाएका छन्।

 


Thali Mobile Pvt.Ltd.