भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भीड टाइम कार्ड लागू

जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भीड टाइम कार्ड लागू

काठमाडौं । तोकिएको समयमा मात्रै कार्यालय आउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय (जिप्रका) काठमाडौंले राष्ट्रिय परिचय पत्रका लागि अनलाइन फारम भरेर मात्रै कार्यालयमा आउन अनुरोध गरेको हो ।

भीड ख्याल गरेर असक्त, जेष्ठ नागरिक तथा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीका लागि कार्यालयले अतिरिक्त दर्ता स्टेसन बनाएर काम गरिरहेको जनाएको छ ।

सहज सेवाका लागि अनलाइन फारम भरेर तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन कार्यालयले अनुरोध गरेको जनाएको छ ।

काठमाडौंलगायत २८ जिल्लामा आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ । परिचय पत्र अनिवार्य गरिएपछि जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भीड लागेको छ ।

 


Thali Mobile Pvt.Ltd.