भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भीड टाइम कार्ड लागू

जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भीड टाइम कार्ड लागू

काठमाडौं । तोकिएको समयमा मात्रै कार्यालय आउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय (जिप्रका) काठमाडौंले राष्ट्रिय परिचय पत्रका लागि अनलाइन फारम भरेर मात्रै कार्यालयमा आउन अनुरोध गरेको हो ।

भीड ख्याल गरेर असक्त, जेष्ठ नागरिक तथा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीका लागि कार्यालयले अतिरिक्त दर्ता स्टेसन बनाएर काम गरिरहेको जनाएको छ ।

सहज सेवाका लागि अनलाइन फारम भरेर तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन कार्यालयले अनुरोध गरेको जनाएको छ ।

काठमाडौंलगायत २८ जिल्लामा आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ । परिचय पत्र अनिवार्य गरिएपछि जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भीड लागेको छ ।

 


Thali Mobile Pvt.Ltd.