भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

वर्षा र हिमपातको सम्भावना रहेकाले सर्तकता अपनाउन महाशाखाको अपिल

वर्षा र हिमपातको सम्भावना रहेकाले सर्तकता अपनाउन महाशाखाको अपिल

काठमाण्डौ । आइतबार ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशको पहाडी एक र दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी एक र दुई ठाउँमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली एक र दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । हल्का वर्षा र हिमपातको सम्भावना रहेका क्षेत्रमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहणमा आंशिक असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

देशका धेरैजसो ठाउँमा पश्चिमी वायुको सामान्य प्रभाव छ । कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि साधारणतया बदली र बाँकी भागमा सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.