भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

महाराष्ट्र विधानसभामा महायुत्तिले २ सय ३३ सिट प्राप्त गर्‍यो

महाराष्ट्र विधानसभामा महायुत्तिले २ सय ३३ सिट प्राप्त गर्‍यो

एजेन्सी । भारतीय जनता पार्टी (बिजेपी) नेतृत्वको महायुति गठबन्धनले दुई तिहाई मत पाएको छ। भारतको महाराष्ट्र विधानसभा चुनावमा २ सय ८८ सिटको महाराष्ट्र विधानसभामा महायुत्तिले २ सय ३३ टि प्राप्त गरेको हो। कांग्रेस नेतृत्वको गठबन्धनले भने जम्मा ४९ सिट प्राप्त गर्‍यो।

प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्रमा महायुति गठबन्धनले पाएको जनादेशलाई विकास र सुशासनको संज्ञा दिएका छन्। महायुति गठबन्धनको बिजेपीले १ सय ३२ सिटमा जित निकालेको छ। दोस्रो स्थानमा एकनाथ सिन्देको शिव सेनाले ५७ र तेस्रो स्थानमा अजित पवार नेतृत्वको एनसीपीले ४१ सिटमा जित हासिल गर्‍यो।

यसैगरी महाराष्टको नन्देडमा भएको लोकसभामा कांग्रसेका उम्मेदवार रविन्द्र वसन्तराव विजयी भए। उनले विजेपी उम्मेदवारलाई १४ सय ५७ मतले हराएका हुन्। झारखण्डमा भने इण्डिया गठबन्धनले बहुमत ल्याएको छ। त्यहाँ ५६ सिटमा इण्डिया गठबन्धन विजयी भयो। यहाँ झारखण्ड मुक्तिमोर्चाले ३४ सिट जित्दा विजेपी २१ सिटमा विजयी भयो।

त्यहाँ मुख्यमन्त्रीमा हेमन्त सोरेन नै दोहोरिने सम्भावना रहेको बताइएको छ। ​ झारखण्डको ८१ विधानसभा सिटका लागि २ चरणमा चुनाव भएको थियो। यता कांग्रेस नेतृ प्रियंका गान्धी वायनाड लोकसभा उपनिर्वाचनमा विजयी भएकी छन्। उनले कम्युनिस्ट पार्टीका सत्यन मोकेरी र भारतीय जनता पार्टीकी नव्या हरिदासलाई पराजित गरेकी हुन्। प्रियंकाले ६ लाख २० हजार बढी मत ल्याइन्। प्रतिद्वन्द्वी र उनको मतान्तर चार लाख बढी रहेको छ।

राहुल गान्धीले उक्त क्षेत्रको सिट छाडेपछि उपनिर्वाचन भएको थियो। यसअघि भएको लोकसभा निर्वाचमा राहुल गान्धी केरलको वायनाड र राय बरेलीबाट चुनाव लडेका थिए। दुवै क्षेत्रमा विजयी भएपछि राहुलले राय बरेलीलाई आफ्नो निर्वाचन क्षेत्र चुनेका थिए।

 


Thali Mobile Pvt.Ltd.