भर्खरै : Sorry, your browser does not support inline SVG.
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न |

महाराष्ट्र विधानसभामा महायुत्तिले २ सय ३३ सिट प्राप्त गर्‍यो

महाराष्ट्र विधानसभामा महायुत्तिले २ सय ३३ सिट प्राप्त गर्‍यो

एजेन्सी । भारतीय जनता पार्टी (बिजेपी) नेतृत्वको महायुति गठबन्धनले दुई तिहाई मत पाएको छ। भारतको महाराष्ट्र विधानसभा चुनावमा २ सय ८८ सिटको महाराष्ट्र विधानसभामा महायुत्तिले २ सय ३३ टि प्राप्त गरेको हो। कांग्रेस नेतृत्वको गठबन्धनले भने जम्मा ४९ सिट प्राप्त गर्‍यो।

प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्रमा महायुति गठबन्धनले पाएको जनादेशलाई विकास र सुशासनको संज्ञा दिएका छन्। महायुति गठबन्धनको बिजेपीले १ सय ३२ सिटमा जित निकालेको छ। दोस्रो स्थानमा एकनाथ सिन्देको शिव सेनाले ५७ र तेस्रो स्थानमा अजित पवार नेतृत्वको एनसीपीले ४१ सिटमा जित हासिल गर्‍यो।

यसैगरी महाराष्टको नन्देडमा भएको लोकसभामा कांग्रसेका उम्मेदवार रविन्द्र वसन्तराव विजयी भए। उनले विजेपी उम्मेदवारलाई १४ सय ५७ मतले हराएका हुन्। झारखण्डमा भने इण्डिया गठबन्धनले बहुमत ल्याएको छ। त्यहाँ ५६ सिटमा इण्डिया गठबन्धन विजयी भयो। यहाँ झारखण्ड मुक्तिमोर्चाले ३४ सिट जित्दा विजेपी २१ सिटमा विजयी भयो।

त्यहाँ मुख्यमन्त्रीमा हेमन्त सोरेन नै दोहोरिने सम्भावना रहेको बताइएको छ। ​ झारखण्डको ८१ विधानसभा सिटका लागि २ चरणमा चुनाव भएको थियो। यता कांग्रेस नेतृ प्रियंका गान्धी वायनाड लोकसभा उपनिर्वाचनमा विजयी भएकी छन्। उनले कम्युनिस्ट पार्टीका सत्यन मोकेरी र भारतीय जनता पार्टीकी नव्या हरिदासलाई पराजित गरेकी हुन्। प्रियंकाले ६ लाख २० हजार बढी मत ल्याइन्। प्रतिद्वन्द्वी र उनको मतान्तर चार लाख बढी रहेको छ।

राहुल गान्धीले उक्त क्षेत्रको सिट छाडेपछि उपनिर्वाचन भएको थियो। यसअघि भएको लोकसभा निर्वाचमा राहुल गान्धी केरलको वायनाड र राय बरेलीबाट चुनाव लडेका थिए। दुवै क्षेत्रमा विजयी भएपछि राहुलले राय बरेलीलाई आफ्नो निर्वाचन क्षेत्र चुनेका थिए।

 


Thali Mobile Pvt.Ltd.