भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

दोलखामा हिमपहिरो : विदेशीसहित ४ जना सम्पर्कविहीन, तीनको मृत्यु

दोलखामा हिमपहिरो : विदेशीसहित ४ जना सम्पर्कविहीन, तीनको मृत्यु

काठमाण्डौ, १८ कार्तिक । दोलखाको गौरीशङ्कर गाउँपालिका–९, रोल्वालिङ हिमशृंखलाअन्तर्गत यलुङ री हिमालको आधार शिविरमा गएको हिमपहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने चार जना सम्पर्कविहीन छन्।

सम्पर्कविहीनमध्ये सबै विदेशी पर्यटक रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। प्रहरीका अनुसार, मृतकमध्ये एक जना विदेशी नागरिक र दुई जना नेपाली गाइड रहेका छन्। पाँच जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डीएसपी ज्ञानकुमार महतोका अनुसार, आरोहण दलमा पाँच विदेशीसहित १५ जना रहेका थिए। तर हालसम्म १२ जनाको मात्रै विवरण प्राप्त भएको छ।

सम्पर्कविहीन आरोहीहरूको खोजीका लागि हिजो हेलिकप्टर पठाइएको थियो तर खराब मौसमका कारण रोल्वालिङ क्षेत्रमा अवतरण हुन नसकेको उनले जानकारी दिए।

केही दिनदेखि सो क्षेत्रमा निरन्तर हिमपात भइरहेको थियो। आज मौसम अनुकूल भएमा पुनः हेलिकप्टरमार्फत खोज तथा उद्धार कार्य सुरु गर्ने तयारी भएको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.