भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

आजदेखि मौसम बदलीको सम्भावना, पश्चिमी क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने

आजदेखि मौसम बदलीको सम्भावना, पश्चिमी क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने

काठमाण्डौ, १८ कार्तिक । आजदेखि देशभर मौसम पुनः बदली हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभावका कारण देशका धेरै ठाउँमा आंशिकदेखि सामान्य बदली रहने र केही ठाउँमा वर्षा तथा हिमपात हुने अनुमान गरिएको छ।

महाशाखाका अनुसार आज र भोलि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा/हिमपात हुन सक्छ। त्यसैगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका एक/दुई स्थानमा पनि हल्का वर्षा पर्ने सम्भावना रहेको छ।

महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार यसअघिको जस्तो ठूलो पानी पर्ने सम्भावना भने छैन। तर पनि मौसम परिवर्तनका कारण कृषि, पर्यटन, पर्वतारोहण र स्वास्थ्य क्षेत्रमा केही असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

काठमाण्डौ उपत्यकासहित देशका मध्य तथा पश्चिमी भू–भागमा पनि पश्चिमी वायुको प्रभाव देखिने अनुमान गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.