भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पशुपतिनाथ, डोलेश्वर र आशापुरेश्वर लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

पशुपतिनाथ, डोलेश्वर र आशापुरेश्वर लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौँ । साउन महिनाको दोस्रो सोमबार देशका शिवालयमा भक्तजनको घुइचो लागेको छ । काठमाडौंको पशुपतिनाथ मन्दिर, डोलेश्वर मन्दिर, आशापुरेश्वर मन्दिर लगायत मुलुकभरका शिवालयमा सोमबार दर्शनार्थीको भीड लागेको हो ।

साउने सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् । हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरूले शिवको भक्तिपूर्वक पूजा गर्ने गरेका छन् ।

साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

 


Thali Mobile Pvt.Ltd.