भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

चुम्बक फेला, यात्रुवाहक बस त्रिशूली नदीमा अझै बेपत्ता

चुम्बक फेला, यात्रुवाहक बस त्रिशूली नदीमा अझै बेपत्ता image

चितवन । १९ केजीको चुम्बक र लाइफ ब्वाइ ट्युब काभ्रेघाटस्थित नारायणी नदीमा फेला परेको छ। त्रिशूली नदीमा बस खोजी गर्ने क्रममा हराएको भारतीय उद्धार टोलीको उक्त चुम्बक फेला परेको हो ।

असार २८ गते बिहान साढे ३ बजेतिर भरतपुर २९ स्थित नारायणघाट–मुग्लिन सडकको सिमलतालमा पहिरोले बगाएर वीरगन्जबाट काठमाडौं जाँदै गरेको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति यातायातको यात्रुवाहक बस त्रिशूली नदीमा बेपत्ता भएका थिए। ती दुई बसमा ६५ यात्रु रहेकामा तीन जनाले हाम फालेर ज्यान जोगाएका थिए।

बससँगै हराइरहेका ६२ जनामध्ये अहिलेसम्म २५ जनाको शव फेला परेको छ। अन्यको अवस्था अज्ञात छ। त्रिशूलीको सिमलतालमा हराइरहेका बस खोज्न प्रयोग गरिएका दुई चुम्बकमध्ये १९ केजीको एउटा चुम्बक हराएको थियो। उक्त चुम्बक सोमबार नारायणी नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

नेपाली सुरक्षाकर्मीले भने खोजतलास जारी राखेका छन्। हराइरहेका ती बसहरूको खोजीमा सघाउन आएको भारतीय प्राविधिक टोली सोनार क्यामेरा, ठूला चुम्बकलगायत उपकरणबाट खोज्दा पनि केही पत्तो नलागेपछि आइतबार फर्किसकेको छ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.