भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चुम्बक फेला, यात्रुवाहक बस त्रिशूली नदीमा अझै बेपत्ता

चुम्बक फेला, यात्रुवाहक बस त्रिशूली नदीमा अझै बेपत्ता

चितवन । १९ केजीको चुम्बक र लाइफ ब्वाइ ट्युब काभ्रेघाटस्थित नारायणी नदीमा फेला परेको छ। त्रिशूली नदीमा बस खोजी गर्ने क्रममा हराएको भारतीय उद्धार टोलीको उक्त चुम्बक फेला परेको हो ।

असार २८ गते बिहान साढे ३ बजेतिर भरतपुर २९ स्थित नारायणघाट–मुग्लिन सडकको सिमलतालमा पहिरोले बगाएर वीरगन्जबाट काठमाडौं जाँदै गरेको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति यातायातको यात्रुवाहक बस त्रिशूली नदीमा बेपत्ता भएका थिए। ती दुई बसमा ६५ यात्रु रहेकामा तीन जनाले हाम फालेर ज्यान जोगाएका थिए।

बससँगै हराइरहेका ६२ जनामध्ये अहिलेसम्म २५ जनाको शव फेला परेको छ। अन्यको अवस्था अज्ञात छ। त्रिशूलीको सिमलतालमा हराइरहेका बस खोज्न प्रयोग गरिएका दुई चुम्बकमध्ये १९ केजीको एउटा चुम्बक हराएको थियो। उक्त चुम्बक सोमबार नारायणी नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

नेपाली सुरक्षाकर्मीले भने खोजतलास जारी राखेका छन्। हराइरहेका ती बसहरूको खोजीमा सघाउन आएको भारतीय प्राविधिक टोली सोनार क्यामेरा, ठूला चुम्बकलगायत उपकरणबाट खोज्दा पनि केही पत्तो नलागेपछि आइतबार फर्किसकेको छ।

 


Thali Mobile Pvt.Ltd.