भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सर्वोच्चको आदेशविरुद्ध अनसन बस्ने डा। केसीको चेतावनी

सर्वोच्चको आदेशविरुद्ध अनसन बस्ने डा। केसीको चेतावनी

काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले सर्वोच्च अदालतको संयुक्त इजलासको फैसलाप्रति न्यायिक विचलनको आरोप लगाएका छन् । मेडिकल शिक्षासँग सम्बन्धित मुद्दामा सर्वोच्चले चिकित्सा शिक्षा ऐन तथा नियमावलीको ठाडो उल्लंघन गर्दै फैसला गरेको उनको आरोप छ । डा. केसीले आज विज्ञप्ति जारी गर्दै आफ्नो माग पूरा नभए असार १४ गतेदेखि सत्याग्रह (अनसन) सुरु गर्ने चेतावनी दिएका हुन् ।

दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन हालै सर्वोच्च अदालतको संयुक्त इजलासबाट भएको आदेश त्रुटिपूर्ण भएको दाबी गर्दै आएका केसीले त्यसमा पुनरावलोकन आवश्यक रहेको बताएका छन् ।

आयोगको अस्तित्व नै धरापमा परेको उनको बुझाइ छ । आयोगका पूर्वपदाधिकारीले विगतमा अदालतको सामान्य त्रुटिपूर्ण फैसलाविरुद्ध पुनरवलोकन प्रक्रियामा गई मुद्दा जितेका उनले स्मरण पनि गरेका छन् ।

केसीले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘मेडिकल शिक्षासँग सम्बन्धित एउटा मुद्दामा हालै चिकित्सा शिक्षा ऐन तथा नियमावलीको ठाडो उल्लंघन गर्दै सर्वोच्च अदालतको संयुक्त इजलासबाट आएको फैसलाले आयोगको अस्तित्वमाथि थप प्रहार गरेको छ ।’

 

 

 


Thali Mobile Pvt.Ltd.