विदेशमन्त्री खामीखावाको यस्तो छ नेपाल भ्रमण तालिका

विदेशमन्त्री खामीखावाको यस्तो छ नेपाल भ्रमण तालिका image

काठमाडौं । जापानी विदेशमन्त्री खामीखावा यो नेपाल भ्रमणमा रहेकी छन् । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा एक दिने नेपाल भ्रमणमा आएकी खामीखावालाई परराष्ट्र सचिव सेवा लम्सालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी हुन् ।

भ्रमणका क्रममा उनीसंग कुनै सन्धी सम्झौतामा हस्ताक्षर नहुने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताए । भ्रमणका क्रममा दुई देश बिचको सम्बन्ध, विकास निर्माण, जापानले गर्दै आएको सहयोग लगायतका विषयमा भने कुराकानी हुने छ ।विभिन्न स्थानको अवलोकन गर्ने कार्यक्रम छ । दिउँसो ३ बजे परराष्ट्र मन्त्रालयमा समकक्षी श्रेष्ठसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

त्यसअघि उनी २ः३० बजे दरवार स्क्वायर क्षेत्रको भ्रमणमा जाने कार्यक्रम तय भएको छ । खामीखावा र श्रेष्ठबीचको द्विपक्षी भेटवार्ता सम्पन्न भएपश्चात उनले ३ः३० बजे मण्डला बुक प्वाइन्टको अवलोकन गर्ने र ४ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि उनी होटल सोल्टीमा परराष्ट्र मन्त्री श्रेष्ठले स्वागतमा आयोजना गरेको डीनरमा सहभागी हुनेछिन् । त्यसपछि साँझ ७ बजे उनी राष्ट्रपति रामच्द्र पौडेलसँग भेटघाट गर्न शीतल निवास पुग्ने छन् । त्यसपछि कामीकावा राती १० बजे जापान फर्किने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda