भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सन्तोषमान श्रेष्ठको प्लाई कार्पेट उद्योगमा आगलागी, एक लाखबढीको क्षेती

सन्तोषमान श्रेष्ठको प्लाई कार्पेट उद्योगमा आगलागी, एक लाखबढीको क्षेती

भक्तपुर । चाँगुनारायण नगरपालिका– २ दुवाकोटस्थित प्लाई कार्पेट कारखानामा आगलागीहुदा करिब २ करोड बराबरको क्षति भएको छ । आगलागीमा परी दुई जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ । आगो भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रेका गरी ७ वटा दमकल नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली खटिएको थियो । आगो लागेको स्थानबाट अहिले पनि सानो धुवाँ आइरहेकाले दमकल र स्काभेटरले निभाउने काम जारी जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता राजन कार्कीले बताए ।

सन्तोषमान श्रेष्ठले सन्चालन गरेको ज्योति प्लाई कार्पेट कारखानामा भएको आगलागीमा परी रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं ६ घर भई हाल भक्तपुरको दुवाकोट बस्ने वर्ष २३ को बुद्धनारायण श्रेष्ठ सामान्य घाइते भएका छन् । भारत घर भई सोही उद्योगमा काम गर्ने २९ वर्षका मनु उर्वा गम्भिर घाइते छन् ।

घाइतेको उपचार डा.ईवामुरा अस्पताल भएपनि थप उपचारका लागि कीर्तिपुर वर्न अस्पताल लगिएको छ । आगलागीबाट १ करोड ८० लाख रुपैयाँको क्षति भएको प्रहरीको अनुमान छ ।

 


Thali Mobile Pvt.Ltd.