भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

सन्तोषमान श्रेष्ठको प्लाई कार्पेट उद्योगमा आगलागी, एक लाखबढीको क्षेती

सन्तोषमान श्रेष्ठको प्लाई कार्पेट उद्योगमा आगलागी, एक लाखबढीको क्षेती

भक्तपुर । चाँगुनारायण नगरपालिका– २ दुवाकोटस्थित प्लाई कार्पेट कारखानामा आगलागीहुदा करिब २ करोड बराबरको क्षति भएको छ । आगलागीमा परी दुई जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ । आगो भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रेका गरी ७ वटा दमकल नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली खटिएको थियो । आगो लागेको स्थानबाट अहिले पनि सानो धुवाँ आइरहेकाले दमकल र स्काभेटरले निभाउने काम जारी जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता राजन कार्कीले बताए ।

सन्तोषमान श्रेष्ठले सन्चालन गरेको ज्योति प्लाई कार्पेट कारखानामा भएको आगलागीमा परी रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं ६ घर भई हाल भक्तपुरको दुवाकोट बस्ने वर्ष २३ को बुद्धनारायण श्रेष्ठ सामान्य घाइते भएका छन् । भारत घर भई सोही उद्योगमा काम गर्ने २९ वर्षका मनु उर्वा गम्भिर घाइते छन् ।

घाइतेको उपचार डा.ईवामुरा अस्पताल भएपनि थप उपचारका लागि कीर्तिपुर वर्न अस्पताल लगिएको छ । आगलागीबाट १ करोड ८० लाख रुपैयाँको क्षति भएको प्रहरीको अनुमान छ ।

 


Thali Mobile Pvt.Ltd.