जसपा फुट्यो, अशोक राईको निवेदन आयोगमा पुग्यो

जसपा फुट्यो, अशोक राईको निवेदन आयोगमा पुग्यो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ ।

उपेन्द्र यादव नेतृत्वको पार्टीबाट विद्रोह गर्दै अशोक राई नेतृत्वमा आइतबार अपराह्न निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्न निवेदन दिइएको हो ।

हाल प्रतिनिधिसभाका १२ सांसद रहेको जसपाका ७ जना सांसद राई नेतृत्वमा नयाँ दल गठन गर्न आयोग पुगेका हुन ।

नयाँ दल जनता समाजवादी पार्टी राखिएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव हाल अमेरिका भ्रमणमा रहेको बेला उनको पार्टी विभाजन भएको हो ।

 


Thali Mobile Pvt.Ltd.