भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

मुसलधारे वर्षा, १५५ जनाको मृत्यु

मुसलधारे वर्षा, १५५ जनाको मृत्यु

तान्जानिया । मुसलधारे वर्षापछि आएको बाढीमा परी १५५ जनाको मृत्यु भएको छ । अन्य २३६ जना घाइते भएको प्रधानमन्त्री कासिम मजालिवाले संसदलाई जानकारी गराए ।

तान्जानियाको मुख्य भूमिको २६ इलाकामध्ये १४ इलाकामा आकस्मिक बाढी आएको हो । जसका कारण दुई लाख मानिस प्रभावित भएका छन् । १० हजार घरमा क्षति पुगेको छ ।

बाढीका कारण विद्यालयका पूर्वाधार, कृषिबाली, सडक, पुल, स्वास्थ्य संस्था र पशुचौपायामा क्षति पुगेको छ । अति प्रभावित क्षेत्रका विद्यालय बन्द गर्न आदेश दिएको छ भने विपत्तिपूर्ण अवस्था आउन नदिन सरकारले ठोस कदम चाल्न थालेको छ ।

तान्जानियाको मौसम विज्ञान प्राधिकरणका अनुसार अल–निनोको अवस्थाबाट प्रभावित भारी वर्षा मे महिनासम्म रहने अनुमान गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.