मुसलधारे वर्षा, १५५ जनाको मृत्यु

मुसलधारे वर्षा, १५५ जनाको मृत्यु image

तान्जानिया । मुसलधारे वर्षापछि आएको बाढीमा परी १५५ जनाको मृत्यु भएको छ । अन्य २३६ जना घाइते भएको प्रधानमन्त्री कासिम मजालिवाले संसदलाई जानकारी गराए ।

तान्जानियाको मुख्य भूमिको २६ इलाकामध्ये १४ इलाकामा आकस्मिक बाढी आएको हो । जसका कारण दुई लाख मानिस प्रभावित भएका छन् । १० हजार घरमा क्षति पुगेको छ ।

बाढीका कारण विद्यालयका पूर्वाधार, कृषिबाली, सडक, पुल, स्वास्थ्य संस्था र पशुचौपायामा क्षति पुगेको छ । अति प्रभावित क्षेत्रका विद्यालय बन्द गर्न आदेश दिएको छ भने विपत्तिपूर्ण अवस्था आउन नदिन सरकारले ठोस कदम चाल्न थालेको छ ।

तान्जानियाको मौसम विज्ञान प्राधिकरणका अनुसार अल–निनोको अवस्थाबाट प्रभावित भारी वर्षा मे महिनासम्म रहने अनुमान गरिएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda