भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

निर्माण कार्य अलपत्र पारेपछि ठेक्का नै रद्द, बजार क्षेत्र अस्तव्यस्त

निर्माण कार्य अलपत्र पारेपछि ठेक्का नै रद्द, बजार क्षेत्र अस्तव्यस्त

बुटवल । सडक निर्माण सात वर्षमा पनि पूरा नभएपछि ठेक्का रद्द गरिएको छ । राजमार्ग चौराहादेखि गोलपार्कसम्मको बुटवलको मुख्य बजार क्षेत्र साढे तीन किलोमिटर सडक सात वर्षदेखि अलपत्र पर्दैआएको थियो ।

बिरुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले समयमै निर्माण पूरा गर्न सङ्घ, प्रदेश र स्थानीय सबै तहका जनप्रतिनिधिको आग्रह र निर्देशनलाई बेवास्ता गरेपछि आज ठेक्का रद्द गरिएको हो । पटक–पटक आग्रह र निर्देशन दिदा पनि बेवास्ता गरेपछि ठेक्का तोडिएको सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी महेश्वर दाहालले बताए । कार्यालयले छिट्टै अर्को ठेक्का आव्हान गर्ने जनाएको छ ।

आर्थिक वर्ष २०७३,०७४ को तीन वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको आयोजनाको अहिलेसम्म ५० प्रतिशत मात्र काम सकिएको छ । उक्त आयोजना रु ५३ करोड ९७ लाख ९९ हजारमा ठेक्का लागेको हो ।

ठेक्का सम्झौताका सर्तबमोजिम दायित्व पूरा नगरेकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ अनुसार ठेक्का अन्त्य गर्ने निर्णय गरिएको हो । निर्माणाधीन सडक अलपत्र हुँदा बुटवल बजार क्षेत्र अस्तव्यस्त भएको छ ।

 


Thali Mobile Pvt.Ltd.