भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

निर्माण कार्य अलपत्र पारेपछि ठेक्का नै रद्द, बजार क्षेत्र अस्तव्यस्त

निर्माण कार्य अलपत्र पारेपछि ठेक्का नै रद्द, बजार क्षेत्र अस्तव्यस्त

बुटवल । सडक निर्माण सात वर्षमा पनि पूरा नभएपछि ठेक्का रद्द गरिएको छ । राजमार्ग चौराहादेखि गोलपार्कसम्मको बुटवलको मुख्य बजार क्षेत्र साढे तीन किलोमिटर सडक सात वर्षदेखि अलपत्र पर्दैआएको थियो ।

बिरुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले समयमै निर्माण पूरा गर्न सङ्घ, प्रदेश र स्थानीय सबै तहका जनप्रतिनिधिको आग्रह र निर्देशनलाई बेवास्ता गरेपछि आज ठेक्का रद्द गरिएको हो । पटक–पटक आग्रह र निर्देशन दिदा पनि बेवास्ता गरेपछि ठेक्का तोडिएको सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी महेश्वर दाहालले बताए । कार्यालयले छिट्टै अर्को ठेक्का आव्हान गर्ने जनाएको छ ।

आर्थिक वर्ष २०७३,०७४ को तीन वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको आयोजनाको अहिलेसम्म ५० प्रतिशत मात्र काम सकिएको छ । उक्त आयोजना रु ५३ करोड ९७ लाख ९९ हजारमा ठेक्का लागेको हो ।

ठेक्का सम्झौताका सर्तबमोजिम दायित्व पूरा नगरेकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ अनुसार ठेक्का अन्त्य गर्ने निर्णय गरिएको हो । निर्माणाधीन सडक अलपत्र हुँदा बुटवल बजार क्षेत्र अस्तव्यस्त भएको छ ।

 


Thali Mobile Pvt.Ltd.