भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

मालारानीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

मालारानीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

बुटवल । बुधवार अर्घाखाँचीको मालारानीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा चालक कृष्ण लाल मरासिनीको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

मालारानी गाउँपालिका वडा नम्बर २ कुभिन्डेमा भएको उक्त दुर्घटनामा मृत्यु भएको हो । चालक मात्रै भएको जिप सडक देखि ४ सय मिटर तल खसेको थियो । दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बुटवलबाट मालारानी गाउँपालिका २ ढाणचौर आउँदै गरेको लु १ ज ४२२६ नम्बरको जिप दुर्घटना भएको हो ।

 


Thali Mobile Pvt.Ltd.