भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

१४ हजारभन्दा बढी सैनिक विपद्जन्य घटनामा परिचालित

१४ हजारभन्दा बढी सैनिक विपद्जन्य घटनामा परिचालित

काठमाडौँ । नेपाली सेनाका १४ हजारभन्दा बढी सैनिक देशभर भएका विभिन्न विपद्जन्य घटनामा खटिएका छन्। नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीका अनुसार गत आश्विन ११ र १२ गतेको भारी वर्षाका कारण विभिन्न स्थानमा भएका विपद्का दौरान खोज तथा उद्धार गर्ने क्रममा नेपाली सेनाका हवाई साधनद्वारा ९५३ जनाको सकुशल उद्धार, १६ वटा शव ढुवानी, ७ स्थानमा गरी कुल ५३ हजार ४७८ केजी राहत सामग्री र ४ हजार ४५० लिटर इन्धन ढुवानी गरी सेवा र सहयोग पुर्‍याएको हो।

नेपाली सेनाले दिएको जानकारीअनुसार ०८०–८१ मा भएका बाढी, पहिरोलगायत विभिन्न विपद्का दौरान ५४८ स्थानमा १४ हजार २११ सैनिक खटिएका हुन्।
साउन २२ गते एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना हुँदा नेपाली नागरिक १ (पाइलट) जना र ४ जना चिनियाँ यात्रीको शव निकाल्न नेपाली सेनाले सहयोग गरेको पनि उनले बताए।

गत साउन ३२ गते सोलुखुम्बुमा हिमताल विष्फोटपश्चात् आएको बाढीले थामेगाँउमा क्षति पुर्‍याउँदा नेपाली सेना तत्काल परिचालन भई ७ जना स्थानीयको सकुशल उद्धार गर्नुको साथै गत साउन २८ गते चितवनस्थित सिमलताल इलाकामा पहिरोले यात्रुवाहक बस त्रिशुली नदीमा बेपत्ता बनाउँदा यात्रुहरुको खोजतलास गर्न नेपाली सेनाको विशेषज्ञसहितको टिम तत्काल परिचालन भई खोज तथा उद्धार कार्य गरेको प्रवक्ता केसीले बताए।

गत भाद्र ०७ गते, आँबुखैरेनीमा भारतीय पर्यटक बस मर्स्याङ्गदीमा खसेर भएको दुर्घटनामा नेपाली सेनाको खोज उद्धार टोलीले उक्त बसमा सवार ४३ जना यात्रुमध्ये १६ जनालाई जीवितै उद्धार गर्न सफल भएको जानकारी उनले जानकारी दिए। उनले यसै अवधिमा १२४ स्थानमा भएको आगलागी तथा डढेलो नियन्त्रण गर्न नेपाली सेनाका ३ हजार १२३ सैनिक परिचालन भएको बताए।

सडक दुर्घटनामा घाइते ४६४ जनाको उद्धार, ५० जनाको शव निकाल्न सहयोग, ४९ जना बेपत्ता व्यक्तिको खोजी कार्य, ३० जना घाइतेरविरामीको उद्धार र २४ जना नदी र तालमा डुबेकाहरुको जीवित उद्धारमा नेपाली सेनाका २ हजार ५०५ जना परिचालन भएको उनले बताए।

त्यसैगरी गत श्रावण ९ गते सौर्य एयरलायन्सको विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको घेराभित्र दुर्घटना हुँदा नेपाली सेना तत्कालै परिचालन भएको पनि उनले बताए।

 


Thali Mobile Pvt.Ltd.