भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

वर्षाका कारण पोखरामा सडक भासियो, विराटनगरका बस्ती डुबानमा

वर्षाका कारण पोखरामा सडक भासियो, विराटनगरका बस्ती डुबानमा

काठमाण्डौ । पोखरामा सडक भासिएको छ । पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–१४ मा पर्ने सडकखण्ड भासिएको हो ।
लगातारजसो पानी परेका कारण सडक भासिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सडक भासिएपछि पृथ्वी राजमार्ग भएर गुड्ने गाडी र यात्रु प्रभावित भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । वर्षाकै कारण मोरङको विराटनगर महानगरपालिकाका विभिन्न वडाका बस्ती डुबानमा परेका छन् ।

विराटनगर महानगरपालिका वडा नम्बर ५, ६, ११ र १२ नम्बर वडाका बस्ती डुबानमा परेका हुन् । विशाल चोक, सम्झना चोक, पृथ्वी चोकलगायत धेरै ठाउँ जलमग्न भएका छन् । घरघरमा पानी पसेपछि स्थानीयबासिन्दा समस्यामा परेका छन् ।

 


Thali Mobile Pvt.Ltd.