भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चट्याङ लागेर कपिलवस्तुमा २ जनाको मृत्यु, दैलेख र कैलालीमा पाँच जना गम्भीर घाइते

चट्याङ लागेर कपिलवस्तुमा २ जनाको मृत्यु, दैलेख र कैलालीमा पाँच जना गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तुमा चट्याङ लागेर दुईजनाको मृत्यु भएकोछ।जिल्ला प्रहरी कार्यालयका अनुसार बुद्धभूमि नगरपालिका–१० धनकौली १७ वर्षे राजु ठाकुर र यशोधरा गाउँपालिका–६ भैइसहियाका २२ वर्षे महेश कलवारको मृत्यु भएको हो । खेतमा काम गर्दैगर्दा चट्याङ लागेर बुधबार बिहान उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।

चट्याङ लागेर दैलेख र कैलालीमा गरी पाँच जना गम्भीर घाइते भएका छन् । कैलालीमा चट्याङ लागेर ३ जना विद्यार्थी गम्भीर घाइते भएका हुन् । विद्यालय जाने क्रममा बिहान पौने ७ बजे जिल्लाको घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने ३ बालिकाहरू गम्भीर घाइते भएका हुन् ।

घाइते हुनेमा ९ वर्षीय सरस्वती भुल, ७ वर्षीय पारु कठायत र १० वर्षीय खिमा कठायत रहेका छन् । उनीहरू अध्ययनरत मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेटमा पुग्ने क्रममा चट्याङ लागेको इलाका प्रहरी कार्यालयले जनाएको छ । गम्भीर घाइते बालिका एक बालिकाका चट्याङ लागेर आन्द्रा बाहिर आएको छ भने, दुई बालिकाको टाउको चोट लागेको छ ।

यता गएराति परेको चट्याङले दैलेखको भैरवी गाउँपालिका–४ नाउलीखोलाका ५५ वर्षीय धीरबहादुर शाही र उनकी बुहारी २६ वर्षीय कुसुम शाही घाइते भएका हुन् । घरमा सुतिरहेको बेला चट्याङ पर्दा उनीहरू घाइते भएका हुन ।

 


Thali Mobile Pvt.Ltd.