भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

चालु आवको पहिलो छ महिनामा ३२ हजारभन्दा बढी अनएसेम्बल्ड मोटरसाइकल आयात

चालु आवको पहिलो छ महिनामा ३२ हजारभन्दा बढी अनएसेम्बल्ड मोटरसाइकल आयात

पर्सा, २२ माघ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा पर्सा जिल्लाबाट दुई पाङ्ग्रे सवारीसाधनको आयात उल्लेख्य रूपमा बढेको छ। यस अवधिमा वीरगञ्ज नाका हुँदै ३२ हजार ३३१ वटा ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात भएका छन्, जसको कुल मूल्य चार अर्ब ५६ करोड रुपैयाँ रहेको छ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार ती सवारीसाधनको आयातबाट राज्यकोषमा चार अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने तीन अर्ब ३८ करोड रुपैयाँ बराबरका २५ हजार ८५७ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएका थिए।

यस्तै, चालु आवको पहिलो छ महिनामा ४५ करोड ८१ लाख रुपैयाँ बराबरका चार हजार ५६७ वटा पूर्ण मोटरसाइकल आयात भएका छन्। गत आवको सोही अवधिमा २० करोड ७६ लाख रुपैयाँ बराबरका दुई हजार १९२ वटा मोटरसाइकल आयात भएका थिए।

विद्युतीय सवारीसाधनतर्फ पनि आयात बढ्दो क्रममा देखिएको छ। चालु आवको पहिलो छ महिनामा ५८ करोड १८ लाख रुपैयाँ बराबरका चार हजार ५९४ वटा विद्युतीय मोटरसाइकल आयात भएका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३० करोड ९६ लाख रुपैयाँ बराबरका दुई हजार २१८ वटा विद्युतीय मोटरसाइकल आयात भएका थिए।

भन्सार कार्यालयका अनुसार सवारीसाधनप्रतिको बढ्दो माग, सहरी आवागमन विस्तार र विद्युतीय सवारीप्रति आकर्षण बढ्नु आयात वृद्धि हुनुका मुख्य कारण रहेका छन्।

 


Thali Mobile Pvt.Ltd.