भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

सार्वजनिक खरिद ऐनअनुसार ९ निर्माण व्यवसायी कालोसूचीमा

सार्वजनिक खरिद ऐनअनुसार ९ निर्माण व्यवसायी कालोसूचीमा

काठमाडौँ, २२ माघ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायहरूको सिफारिसका आधारमा ९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।

कार्यालयले बुधबार गरेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ (१) बमोजिम उक्त कारबाही गरिएको हो। सम्झौता अनुसारको काम समयमै सम्पन्न नगर्ने, सर्त उल्लङ्घन गर्ने तथा सार्वजनिक खरिद प्रक्रियामा अनियमितता देखिएको भन्दै सम्बन्धित निकायहरूले सिफारिस गरेपछि उनीहरूलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।

कालोसूचीमा पर्ने व्यवसायी तथा आपूर्तिकर्ताहरूमा कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रा. लि., श्रीओम अटो ल्युब प्रा. लि., आर्कटिक कन्स्ट्रक्सन प्रा. लि., ग्रीन वर्ल्ड कन्स्ट्रक्सन प्रा. लि., अग्रिम–लङभिजन–धनलक्ष्मी जे.भी. लगायत रहेका छन्।

सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार जारी गरेको सूचनाअनुसार कालोसूचीमा परेका व्यवसायी तथा आपूर्तिकर्ताहरूले तोकिएको अवधिभर मुलुकभरका कुनै पनि सार्वजनिक निकायबाट गरिने खरिद प्रक्रिया, ठेक्का तथा आपूर्तिसम्बन्धी काममा सहभागी हुन नपाउने स्पष्ट गरेको छ।

कार्यालयका अनुसार सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी, प्रतिस्पर्धी र विश्वसनीय बनाउन यस्ता कारबाहीलाई निरन्तरता दिइनेछ।

 


Thali Mobile Pvt.Ltd.