भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

माघसम्मको सात महिनाको अवधिमा दुई खर्ब तीन अर्ब रुपैयाँबराबरको कृषिजन्य वस्तु आयात

माघसम्मको सात महिनाको अवधिमा दुई खर्ब तीन अर्ब रुपैयाँबराबरको कृषिजन्य वस्तु आयात

काठमाण्डौ । कृषिजन्य वस्तु आयात भण्डै सात महिनामा दुई खर्ब रुपैयाँ बराबरको भएको छ । माघसम्मको सात महिनाको अवधिमा दुई खर्ब तीन अर्ब रुपैयाँबराबरको कृषिजन्य वस्तु आयात भएको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनदेखि यस अवधिमा ३६ अर्ब ३५ करोड रुपैयाँ बराबरको धान, चामल, गहुँ र मकै आयात भएको छ ।

विभागको तथ्याङ्कअनुसार सात महिनामा पाँच अर्ब ४८ करोड रुपैयाँको आलु, दुई अर्ब १३ करोड रुपैयाँको प्याज, छ अर्ब ८१ करोड रुपैयाँको लसुन, २५ अर्ब रुपैयाँको तरकारी, तीन अर्ब ९७ करोड रुपैयाँको दाल, १२ अर्ब ३२ करोड रुपैयाँको फलफूल, १६ अर्ब ४२ करोड रुपैयाँको कृषिजन्य औद्योगिक कच्चा पदार्थ, पाँच अर्ब ४९ करोड रुपैयाँको चिया, कफी, दुई अर्ब ६१ करोड रुपैयाँको चिनी तथा चिनीजन्य कन्फेक्सनरी, ९० करोड ८४ लाख रुपैयाँको डेरीजन्य पदार्थ आयात भएको छ । नेपालबाट निर्यात नभएका र नेपालमा नै उत्पादन हुनसक्ने कृषिजन्य वस्तुहरू पनि ठूलो मात्रामा आयात भएको छ ।

चामलमात्रै १० अर्ब ५८ करोड रुपैयाँको आयात भएको विभागको तथ्याङ्क छ । यस्तै १४ अर्ब ५१ करोड रुपैयाँको धान र नौ अर्ब ५ करोड रुपैयाँको मकै आयात भएको छ ।

 


Thali Mobile Pvt.Ltd.