भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

हमासले छ जना इजरायली बन्धक र इजरायलले छ सय दुई जना कैदीबन्दी रिहा गरे

हमासले छ जना इजरायली बन्धक र इजरायलले छ सय दुई जना कैदीबन्दी रिहा गरे

एजेन्सी । हमासले छ जना इजरायली बन्धक र इजरायलले छ सय दुई जना कैदीबन्दी मुक्त गरेको छ । चार जना इजरायलबाट सन् २०२३ अक्टोबर ७ तारिखमा लगेका रहेका छन् । अरू दुई जना सन् २०१४ र २०१५ मा बन्धक बनाइएका रहेका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हमास समूहले एवेरा मेन्गिस्टु, हिशाम अल–सयद, ओमेर शेम टोभ, एलिया कोहेन, ओमर वेन्कर्ट र ताल शोअमलाई दक्षिणी गाजाको रफाह शहरमा अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधिको जिम्मा लगाइएको हो । अरूलाई कुनै आरोप बिना सन् २०२३ अक्टोबर ७ तारिखदेखि हिरासतमा राखिएको थियो । अरूलाई कुनै आरोप बिना सन् २०२३ अक्टोबर ७ तारिखदेखि हिरासतमा राखिएको थियो ।

हमास र इजरायलबीच झन्डै एक महिनाअघि युद्धविराम लागू भएयता सातौं पटक बन्धकहरू रिहा गरिएको हो । यो अवधिमा हमासले ३३ बन्धक रिहा तथा शव हस्तान्तरण गरेको छ । बदलामा इजारायलले झन्डै १९ सय प्यालेस्टिनी कैदीबन्दी रिहा गरेको छ ।

हमास लडाकु समूहले अझै ६१ जनालाई बन्धक बनाएको अनुमान गरिएको छ । तीमध्ये एक जना जोशी पनि रहेका ठानिएको छ । कञ्चनपुरका जोशी कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका थिए ।

यसपटक पनि नेपालका विपिन जोशी रिहा हुन सकेनन् । हमास समूहले छ जना बन्धक मुक्त गरेलगत्तै इजरायलले पनि छ सय दुई जना प्यालेस्टनी कैदीबन्दीलाई रिहा गरेको छ । तीमध्ये ५० जनालाई आजीवन कारावासको सजाय सुनाइएको थियो । ६० जनाले लामो समयको कारावास सजाय भोगिरहेका थिए ।

 

 


Thali Mobile Pvt.Ltd.