काठमाडौं । मधेश प्रदेश सरकारले सार्वजनिक निकायबाट प्रवाह हुने सेवा प्रभावकारी बनाउन सूचना प्रविधिको अधिकतम प्रयोग गर्ने भएको छ । (ई–गभर्नेन्स) कार्यान्वयन गर्ने सम्बन्धमा सम्बन्धित निकाय एवम् विज्ञसँग छलफल पनि भएको छ । देशभरि (ई–गभर्नेन्स) सँग सम्बन्धित असल अभ्यास मधेश प्रदेशमा लागू गर्ने विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको हो ।
प्रदेशका सार्वजनिक निकायबाट प्रदान गरिने सेवालाई थप प्रभावकारी, सहज र तीव्र बनाउन ई–गभर्नेन्स लागू गरिने मधेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर सोहन साहले बताए । पहिले सरकारको तहमा (डिजिटलाइजेसन)अभ्यास शुरू गर्ने र क्रमिक रूपमा सेवाग्राहीसँगै सरोकारवाला सबैलाई समेटिने सरकारले जनाएको छ ।
आयोगका उपाध्यक्ष साहले प्रदेश ई–गभर्नेन्स लागू गर्दा आफैँ स्वामित्व लिनेगरी र आफ्नै स्रोतले गर्ने जानकारी दिए । उनका अनुसार शुरूआतमा मधेश प्रदेशका चार वटा पालिकाका साथै सेवाग्राहीको अत्यधिक भीड हुने कार्यालयमा ई–गभर्नेन्स शुरू गरिनेछ । सरकारी कार्यालयसँगै विकास साझेदारका कार्यक्रमलाई पनि ई–गभर्नेन्स भित्र समेट्न सकिए तथ्याङ्कमा आधारित परिणाम प्रतिवम्बन र सुशासन सुनिश्चित हुने डा साहले बताए । विद्युतीय शासन (ई–गभर्नेन्स) भनेको सूचना तथा सञ्चार प्रविधिको प्रयोग शासन सञ्चालनमा हुनु हो । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
महोत्तरी, चैत २८। नयाँ वर्ष २०८२ शुरू हुन केही दिन बाँकी छँदै मधेश प्रदेशका जिल्लामा ‘जुडशीतल’ पर्वको चहलपहल शुरू भएको छ ।महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा त्यसका लागि सरसामान जुटाउन...
वीरगञ्ज । पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले ३४ टन प्याज चोरी पैठारी गर्ने तीन जनाविरुद्ध उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेको छ । राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद...
पर्सा । वीरगञ्ज सुक्खा बन्दरगाह (इन्ल्यान्ड क्लियरेन्स डिपो)को व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष...
महोत्तरी । महोत्तरीमा पन्ध्र दिनयता करिब १३ क्विन्टल लागुऔषध गाँजा बरामद गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरो बर्दिबासको सक्रियतामा गाँजा बरामद गरिएको हो ।पहाडी जिल्लाम लुकाइछिपाइ ल्याएको गाँजा बरामद...