काठमाडौं । कुटपिटबाट हत्या गरिएका धनुषाधाम नगरपालिका–२ मंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको शवसहित मिटरब्याज पीडितले जनकपुरमा प्रदर्शन गरेका छन् । मिटरब्याज पीडितले बिहीबार शवसहित जनकपुर बजारमा प्रदर्शन गरेका हुन् । उनीहरुले गृहमन्त्री र धनुषाका प्रहरी प्रमुखविरुद्ध पनि नाराबाजी गरेका छन् ।
स्मसानघाटबाट ट्याक्टरमा शव राखेर जनकपुरको रामचोक, जाकचोक शिवचोक, भानुचोक हुँदै प्रदर्शनकारीले नाराबाजी गरिरहेका छन् । मृतक ठाकुर मिटरब्याज पीडित रहेको र उनको हत्या मिटरब्याजीको योजनामा भएको दाबी गर्दै मिटरब्याज पीडित संघर्ष समितिले शव जलाउन रोकेको हो ।
ठाकुरको सोमबार बिहान घरमै कुटपिट गरी हत्या भएको थियो भने उनकी श्रीमती श्यामु ठाकुर गम्भीर घाइते छिन् । हत्या आरोपमा प्रहरीले स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीया नागेश्वर मुखिया पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । तर ठाकुरलाई ऋण दिने शिवजी यादव, मुकेश मुखिया, सुरज मुखिया, चान्दी मुखिया र मनिष मुखियालाई पक्राउ नगरेसम्म शव नजलाउने मिटरब्याज पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनोज पासवानले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैतडी, ९ जेठ । बैतडी जिल्लाको खलङ्गा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर शुक्रबार बिहान दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पहिलो भूकम्प बिहान...
काठमाडौँ, ९ जेठ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज र देश नबन्ने बताएकी छिन् । नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा...
भक्तपुर, जेष्ठ । सूर्यविनायक नगरपालिका वडा नं ७ मा पुष्पखेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत सयपत्री फूलको बेर्ना वितरण कार्यक्रम सम्पन्न भएको छ। आ.व. २०८१/०८२ मा स्वीकृत योजनाअन्तर्गत सञ्चालन भएको कार्यक्रम...
भक्तपुर, ८ जेष्ठ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा निर्माणाधीन अरनिको सभाभवन, थन्थु दरबार, र हाडा छेँ पुनःनिर्माण स्थलहरूको स्थलगत निरीक्षण...