भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘हाम्रो पृथ्वी : हाम्रो शक्ति’ नारासहित आज विश्व पृथ्वी दिवस मनाइँदै

‘हाम्रो पृथ्वी : हाम्रो शक्ति’ नारासहित आज विश्व पृथ्वी दिवस मनाइँदै

काठमाण्डौ, ९ बैशाख । आज विश्व पृथ्वी दिवस ‘हाम्रो पृथ्वी : हाम्रो शक्ति’ भन्ने नारासहित मनाइँदैछ। पृथ्वीको महत्व उजागर गर्ने उद्देश्यका साथ विश्वभर हरेक वर्ष अप्रिल २२ तारिखका दिन यो दिवस मनाउने गरिन्छ।

सन् २००९ मा संयुक्त राष्ट्रसङ्घ को ६३औँ महासभा बैठकले अप्रिल २२ लाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। यसअघि सन् १९७० को अप्रिल २२ तारिखमा संयुक्त राज्य अमेरिका ले पहिलोपटक यो दिवस मनाएको थियो।

संयुक्त राष्ट्रसङ्घको निर्णयपछि हाल विश्वका एक सय ९२ भन्दा बढी देशमा पृथ्वी दिवस मनाइँदै आएको छ। मानव विकासका गतिविधिका कारण पृथ्वीमा नकारात्मक असर बढ्दै गएको छ। बढ्दो तापमान अहिले विश्वका लागि प्रमुख चुनौतीका रूपमा देखिएको छ।

जलवायु परिवर्तनका कारण बाढी, पहिरो, हिमताल विस्फोट, बेमौसमी वर्षा, अत्यधिक वर्षा तथा सुख्खा जस्ता समस्या बढ्दै गएका छन्। यसका साथै प्लास्टिकको बढ्दो प्रयोग र फोहोर व्यवस्थापनको चुनौती पनि पृथ्वी संरक्षणका प्रमुख मुद्दा बनेका छन्।

 


Thali Mobile Pvt.Ltd.