भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

‘हाम्रो पृथ्वी : हाम्रो शक्ति’ नारासहित आज विश्व पृथ्वी दिवस मनाइँदै

‘हाम्रो पृथ्वी : हाम्रो शक्ति’ नारासहित आज विश्व पृथ्वी दिवस मनाइँदै

काठमाण्डौ, ९ बैशाख । आज विश्व पृथ्वी दिवस ‘हाम्रो पृथ्वी : हाम्रो शक्ति’ भन्ने नारासहित मनाइँदैछ। पृथ्वीको महत्व उजागर गर्ने उद्देश्यका साथ विश्वभर हरेक वर्ष अप्रिल २२ तारिखका दिन यो दिवस मनाउने गरिन्छ।

सन् २००९ मा संयुक्त राष्ट्रसङ्घ को ६३औँ महासभा बैठकले अप्रिल २२ लाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। यसअघि सन् १९७० को अप्रिल २२ तारिखमा संयुक्त राज्य अमेरिका ले पहिलोपटक यो दिवस मनाएको थियो।

संयुक्त राष्ट्रसङ्घको निर्णयपछि हाल विश्वका एक सय ९२ भन्दा बढी देशमा पृथ्वी दिवस मनाइँदै आएको छ। मानव विकासका गतिविधिका कारण पृथ्वीमा नकारात्मक असर बढ्दै गएको छ। बढ्दो तापमान अहिले विश्वका लागि प्रमुख चुनौतीका रूपमा देखिएको छ।

जलवायु परिवर्तनका कारण बाढी, पहिरो, हिमताल विस्फोट, बेमौसमी वर्षा, अत्यधिक वर्षा तथा सुख्खा जस्ता समस्या बढ्दै गएका छन्। यसका साथै प्लास्टिकको बढ्दो प्रयोग र फोहोर व्यवस्थापनको चुनौती पनि पृथ्वी संरक्षणका प्रमुख मुद्दा बनेका छन्।

 


Thali Mobile Pvt.Ltd.