भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

गुल्मीको रुद्रवेणी–वामीटक्सार–खरबाङ सडक आजदेखि २० गतेसम्म बन्द

गुल्मीको रुद्रवेणी–वामीटक्सार–खरबाङ सडक आजदेखि २० गतेसम्म बन्द

काठमाण्डौ, ९ बैशाख । गुल्मी जिल्ला मा पर्ने रुद्रवेणी–वामीटक्सार–खरबाङ सडक आजदेखि फेरि बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय गुल्मी ले राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने रुद्रवेणी–वामीटक्सार–खरबाङ सडक खण्ड आजदेखि बन्द गरिने जनाएको हो।

यो सडकखण्डको सत्यवती गाउँपालिका अन्तर्गत सिस्ने भिर क्षेत्रमा गएको माघ २६ गतेदेखि सडक स्तरोन्नति गर्ने काम सुरु गरिएको थियो। प्रशासनका अनुसार आजदेखि २० गतेसम्म चौबीसै घण्टा सडक बन्द गरी निर्माण कार्य गरिनेछ।

सडक बन्द अवधिमा वैकल्पिक मार्गका रूपमा सोता–तल्लोरोड–रुपाकोट–दोकुवा–सालघारी–चोरकाटे तथा मजुवा–दम्का–रुपाकोट–म्यालपोखरी–चोरकाटे भित्री सडक प्रयोग गर्न सकिने जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.