जाजरकोटमा फेरि ३.८ म्याग्निच्युडको भूकम्पको धक्का महशुस

जाजरकोटमा फेरि ३.८ म्याग्निच्युडको भूकम्पको धक्का महशुस image

काठमाडौँ । जाजरकोटमा फेरि भूकम्प गएको छ । जाजरकोट केन्द्रबिन्दु भएर बिहीबार बिहान ७ः३८ बजे फेरि भूकम्पको धक्का महसुस गरिएको हो ।

जाजरकोटको बारेकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गत कात्तिकमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएरै ६.४ म्याग्निच्युडको भूकम्प जाँदा ठुलो मानवीय क्षति भएको थियो ।

बिहीबार ३.८ म्याग्निच्युडको भूकम्प गएको र भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको केन्द्रले जनाएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda