भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

कैलालीमा रुखले किच्दा एक बालिकाको मृत्यु

कैलालीमा रुखले किच्दा एक बालिकाको मृत्यु

काठमाडौं । कैलालीमा एक जनाको मृत्यु भएको छ । कैलालीको टीकापुर नगरपालिका–१ मा हावाहुरीले रुख ढल्दा च्यापिएर एक बालिकाको मृत्यु भएको हो ।

कैलालीको टीकापुर नगरपालिका–१ विशालनगरकी १५ वर्षीया प्याउरी विकको मृत्यु भएको हो। टीकापुर बहुमुखी क्याम्पसको जग्गामा भूमिहीन, सुकुमवासीका रूपमा बसेका विशाल नगर, गणेशपुर, एकता नगर लगायतका शिविरमा बर्सेनी रुख ढलेर घर भत्किने, मानिस घाइते हुने र ज्यान जाने घटना भइरहेका छन्।

बुधवार आफन्तको घरबाट फर्किँदै गरेकी प्याउरीलाई घर नपुग्दै बाटैमा रुख ढलेर च्यापेको प्रत्यक्षदर्शीले बताएका छन् । विक जनकल्याण आधारभूत विद्यालय लायकपुरमा कक्षा ७ मा पढ्थिन्। उनको शव अहिले पोस्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको छ ।

 


Thali Mobile Pvt.Ltd.