भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ १५ दिनका लागि दैनिक ६ घण्टा बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनको आग्रह | तातो लहरले सताएको तराई, भोलिदेखि वर्षाले राहत मिल्ने आशा | जम्मू-कश्मीरको नियन्त्रण रेखा आसपास गोलीबारी, भारत-पाकिस्तानबीच तनाव चुलियो | काठमाडौं उपत्यकाका सम्पदा हाम्रो सभ्यताको गौरवपूर्ण चिनारी हुन् : मन्त्री पाण्डे | भक्तपुर जिल्लामा क्रियाशिल पत्रकारहरूसँग जनस्वास्थ्य कार्यालयको अन्तरक्रिया कार्यक्रम | कोशी प्रदेशको आर्थिक वृद्धिमा वृद्धि, सञ्चित खातामा ५ अर्ब ६२ करोड ७५ लाख | तराई–मधेशमा उच्च गर्मी र तातो हावा, काठमाण्डौमा पनि बढ्ने गर्मी | भारत र पाकिस्तान बीचको तनाव: एक नयाँ युद्धको मोडमा |

कैलालीमा रुखले किच्दा एक बालिकाको मृत्यु

कैलालीमा रुखले किच्दा एक बालिकाको मृत्यु image

काठमाडौं । कैलालीमा एक जनाको मृत्यु भएको छ । कैलालीको टीकापुर नगरपालिका–१ मा हावाहुरीले रुख ढल्दा च्यापिएर एक बालिकाको मृत्यु भएको हो ।

कैलालीको टीकापुर नगरपालिका–१ विशालनगरकी १५ वर्षीया प्याउरी विकको मृत्यु भएको हो। टीकापुर बहुमुखी क्याम्पसको जग्गामा भूमिहीन, सुकुमवासीका रूपमा बसेका विशाल नगर, गणेशपुर, एकता नगर लगायतका शिविरमा बर्सेनी रुख ढलेर घर भत्किने, मानिस घाइते हुने र ज्यान जाने घटना भइरहेका छन्।

बुधवार आफन्तको घरबाट फर्किँदै गरेकी प्याउरीलाई घर नपुग्दै बाटैमा रुख ढलेर च्यापेको प्रत्यक्षदर्शीले बताएका छन् । विक जनकल्याण आधारभूत विद्यालय लायकपुरमा कक्षा ७ मा पढ्थिन्। उनको शव अहिले पोस्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.