भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

समस्या देखिएपछि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित

समस्या देखिएपछि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस आर्थिक वर्षको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित गरेको छ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको कार्यान्वयनमा समस्या देखिएको भन्दै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।

मन्त्रालयले भनेको छ, ‘स्थानीय तहसँगको छलफलमा समेत उठेका विषयको सम्बोधन आवश्यक छ। चालु आर्थिक वर्षमा भएको माग र आवश्यकताको पहिचान लगायतका कार्य गर्दा विद्यालय छनोटको कार्यमा ढिलाइ भएको छ।

चालु आर्थिक वर्षमा भवन निर्माणका लागि समय अत्यन्त कम रहेको देखिएको छ। त्यसैले, यस बैठकले यस आर्थिक वर्षको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ।’

गत आर्थिक वर्षको तुलनामा न्यून बजेट विनियोजन भएको, विगतका कार्यक्रमको प्रभावकारिता नभएको भन्दै मन्त्रालयले यस आर्थिक वर्षको कार्यक्रम स्थगित गरेको जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.