भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

चुनावी प्रचारमा नयाँ नियम : झण्डा, जुलुस र डिजिटल प्रचारमा कडाइ

चुनावी प्रचारमा नयाँ नियम : झण्डा, जुलुस र डिजिटल प्रचारमा कडाइ

काठमाडाैं, २ पुष ।  निर्वाचन आयोगले फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचारप्रसारलाई मर्यादित र व्यवस्थित बनाउने उद्देश्यसहित नयाँ व्यवस्था प्रस्ताव गरेको छ।

आयोगका अनुसार कुनै पनि राजनीतिक दल वा उम्मेदवारले आयोजना गर्ने आमसभा, जुलुस, कोणसभा वा घरदैलो कार्यक्रममा बढीमा १० वटा मात्र झण्डा प्रयोग गर्न पाइनेछ।

आवश्यकताभन्दा बढी झण्डा प्रयोग गरी दुरुपयोग हुन नदिन यस्तो व्यवस्था प्रस्ताव गरिएको आयोगले जनाएको छ। प्रस्तावित आचारसंहिताअनुसार दल वा उम्मेदवारको कार्यालयमा तीन बाइ चार फिट साइजको दलको झण्डा र सोही नापको चुनाव चिन्ह राख्न पाइनेछ।

तर प्रचारप्रसारका उद्देश्यले कुनै पनि प्रकारका डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड राख्न, श्रव्य सामग्री बजाउन तथा श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न पाइने छैन। त्यस्तै, राजनीतिक दल वा उम्मेदवारको नाम र चुनाव चिन्ह भएको एउटा मात्र तुल वा फ्लेक्स राख्न अनुमति दिइने प्रस्ताव गरिएको छ।

घरदैलो प्रचारका क्रममा उम्मेदवार, प्रस्तावक र समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको छ। साथै प्रचारका क्रममा बाजागाजा वा झाँकीसहित जानसमेत निषेध गरिनेछ।

अनलाइन तथा अन्य माध्यममार्फत हुने प्रचारमा पनि कडाइ गरिएको छ। आयोगका अनुसार अनलाइन, वेबपेज, टेलिभिजन, स्क्रोलिङ, सपिङ मलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, बैंकका एटिएम र काउन्टरमा सन्देश, सडक नाटकजस्ता माध्यमबाट कुनै पनि प्रकारको प्रचारप्रसार गर्न पाइने छैन।

तर, राजनीतिक दल वा उम्मेदवारले बढीमा एउटा मात्र निजी तथा आधिकारिक वेबपेजमा प्रचार सामग्री राख्न सक्ने व्यवस्था भने प्रस्तावित आचारसंहितामा समावेश गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.