भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

कञ्चनपुरका करिब ५ हजार हेक्टर जमिन तत्काल सिँचाइको प्रतीक्षामा

कञ्चनपुरका करिब ५ हजार हेक्टर जमिन तत्काल सिँचाइको प्रतीक्षामा

काठमाडाैं, २ पुष । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले कञ्चनपुरस्थित टनकपुर व्यारेजबाट नेपालतर्फ सिँचाइका लागि पानी छोड्न भारतसँग आवश्यक पहल र समन्वय भइरहेको बताएका छन्।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने महाकाली सिँचाइ आयोजना तेस्रो चरणको निरीक्षणका क्रममा मन्त्री घिसिङले बुधबार बिहान कञ्चनपुरको ब्रह्देवस्थित टनकपुर व्यारेजको स्थलगत अवलोकन गरेका थिए।

सो अवसरमा उनले पानी छोड्ने विषयमा भारतीय पक्षसँग दुई देशबीचका संयन्त्र तथा द्विपक्षीय भेटवार्तामार्फत निरन्तर छलफल र पत्राचार भइरहेको जानकारी दिए।

मन्त्री घिसिङका अनुसार कञ्चनपुरका सुख्खाग्रस्त करिब पाँच हजार हेक्टर जमिनमा तत्काल सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले नेपालतर्फ मुख्य नहर, शाखा तथा प्रशाखा नहरको निर्माण कार्य सम्पन्न भइसकेको छ। अब भारततर्फबाट पानी छोड्ने निर्णय आउने विश्वास सरकारको रहेको उनले बताए।

नेपाल–भारतबीच सम्पन्न एकीकृत महाकाली सन्धिअनुसार नेपालले हिउँद याममा तीन सय क्युसेक र वर्षा याममा एक हजार क्युसेक पानी पाउने व्यवस्था छ। सन्धिअनुरूप पानी उपयोग गर्न आवश्यक संरचना निर्माण भइसकेको भए पनि हालसम्म पानी सञ्चालन हुन सकेको छैन।

करिब नौ अर्ब रुपैयाँ लगानी भइसक्दा पनि आयोजनाबाट प्रत्यक्ष प्रतिफल नआएको भन्दै स्थानीय तहमा आलोचना हुँदै आएको छ। पानी सञ्चालन नहुँदा निर्माण भइसकेका संरचनासमेत बिग्रिन थालेको आयोजनाले जनाएको छ।

महाकाली सिँचाइ आयोजनामार्फत सतह सिँचाइबाट २८ हजार हेक्टर र भूमिगत सिँचाइबाट पाँच हजार हेक्टर गरी कुल ३३ हजार हेक्टर क्षेत्रफलमा दिगो सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य रहेको छ। आयोजनाको कुल अनुमानित लागत ३५ अर्ब रुपैयाँ रहेको छ।

 


Thali Mobile Pvt.Ltd.