भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकलाई मतदान अधिकार

फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकलाई मतदान अधिकार

काठमाडौँ । निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा चुनावमा फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने नेपाली नागरिकलाई मतदान गर्न पाउने व्यवस्था गर्ने जनाएको छ।

आयोगले जारी गरेको विज्ञप्तिअनुसार, १६ वर्ष पूरा गरी नागरिकता प्राप्त गरेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछन्। तर दर्ता भएका मध्ये २०८२ साल फागुन २० गतेसम्म १८ वर्ष पूरा गरेका मात्र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भोट हाल्न योग्य हुनेछन्।

नेपालको संविधानको धारा ८४ को उपधारा ५ अनुसार १८ वर्ष उमेर पूरा गरेका बालिग नेपाली नागरिकलाई मतदान गर्ने अधिकार सुनिश्चित गरिएको छ।

आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, यस व्यवस्थाले आगामी निर्वाचनमा पहिलो पटक भोट हाल्ने युवाहरूलाई सहभागी गराउने उद्देश्य राखिएको हो।

 


Thali Mobile Pvt.Ltd.