भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकलाई मतदान अधिकार

फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकलाई मतदान अधिकार

काठमाडौँ । निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा चुनावमा फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने नेपाली नागरिकलाई मतदान गर्न पाउने व्यवस्था गर्ने जनाएको छ।

आयोगले जारी गरेको विज्ञप्तिअनुसार, १६ वर्ष पूरा गरी नागरिकता प्राप्त गरेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछन्। तर दर्ता भएका मध्ये २०८२ साल फागुन २० गतेसम्म १८ वर्ष पूरा गरेका मात्र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भोट हाल्न योग्य हुनेछन्।

नेपालको संविधानको धारा ८४ को उपधारा ५ अनुसार १८ वर्ष उमेर पूरा गरेका बालिग नेपाली नागरिकलाई मतदान गर्ने अधिकार सुनिश्चित गरिएको छ।

आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, यस व्यवस्थाले आगामी निर्वाचनमा पहिलो पटक भोट हाल्ने युवाहरूलाई सहभागी गराउने उद्देश्य राखिएको हो।

 


Thali Mobile Pvt.Ltd.